भोटेकोशीमा फेरि बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


२०८३ भदौ १४ आइतबार ०६:४८ बजे
फाइल फोटो

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा फेरि बाढी आएको छ। ल्हेन्देखोलाबाट भोटेकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रमा जोखिम बढेको स्थानीय प्रशासनले जनाएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीका अनुसार ल्हेन्देखोलाहुँदै भोटेकोशीमा पुनः बाढी आएको हो।

बाढीका कारण हुनसक्ने मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रशासनले विशेषगरी भोटेकोशीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको बहाव र आसपासको अवस्थाबारे सचेत रहन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरेको हो।

यसअघि गत १० भदौमा ल्हेन्देखोलाबाट भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। उक्त विपद्को असरबाट तटीय तथा नदी आसपासका क्षेत्र अझै संवेदनशील अवस्थामा रहेका बेला भोटेकोसीमा पुनः बाढी आएको हो।

पछिल्लो बाढीपछि स्थानीय बासिन्दामा पुनः त्रास बढेको छ भने प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता बढाउन आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७