देवानगञ्जमा फेरि गोली चल्यो, एक युवक घाइते


२०८३ असोज ३ शनिबार १९:१७ बजे
सांकेतिक तस्विर

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली प्रहार हुँदा एक युवक घाइते भएका छन्। गोली लागेर स्थानीय निरज यादव घाइते भएका हुन्। उनको तिघ्रामा गोली लागेको र विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गर्दै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताएका छन्। घटनापछि प्रहरीले उक्त क्षेत्रमा सुरक्षा परिचालन गरेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन।

यसअघि साउनमा पनि देवानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनापछि मधेस प्रदेशका विभिन्न स्थानमा समेत तनाव र हिंसा फैलिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७