रसुवामा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
काठमाडौं : बुधबार बिहान रसुवामा आएको भीषण बाढीका कारण विभिन्न ८ वटा बैंकका २६ जना कर्मचारी सम्पर्कविहीन भएको नेपाल बैंकर्स संघले जनाएको छ।
संघका अनुसार प्रभु बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका कर्मचारी सम्पर्कविहीन भएका हुन्।
भोटेकोसी नदीमा आएको बाढीका कारण नदी किनारमा रहेका टिमुरे, स्याफ्रुबेसी र बेत्रावती बजारमा सञ्चालित यी बैंकका शाखाहरूमा समेत क्षति पुगेको र केही शाखा बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको संघले जनाएको छ।
.gif)

.png)

