काठमाडौं महानगरले ४ एम्बुलेन्स नुवाकोट पठायो, २ वटा विमानस्थलमा स्ट्यान्डबाई


२०८३ भदौ १० बुधबार १७:३८ बजे

काठमाडौं :  भोटेकोशी नदीमा आएको ठूलो आकस्मिक बाढीबाट जनधनको क्षति भएपछि काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक बसेको छ ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले सम्भावित उद्धार तथा राहतका लागि आवश्यक तयारी र महानगरपालिकाको भूमिकाबारे छलफल गरेको हो ।

बैठकले विपद्को प्रतिकार्य सञ्चालन, समन्वय तथा सहजीकरणका लागि समितिका सदस्यसचिव एवं विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई जिम्मेवारी तोकेको छ ।

महानगरपालिकाले सञ्चालन गरेका चारवटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइसकेको छ भने थप दुईवटा एम्बुलेन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ ।

त्यस्तै, महानगरपालिकाअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार परिचालन गर्ने र घाइते तथा बिरामीका लागि आवश्यक औषधि उपलब्ध गराउने निर्णय भएको छ ।

महानगरपालिकाको आपत्कालीन सञ्चालन केन्द्रमा मौज्दात रहेका विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा उपलब्ध गराइनेछ । मौज्दात सामग्री तथा औषधि अपुग हुने अवस्था आएमा विपद् व्यवस्थापन कोषबाट खरिद गरी उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७