प्रतिनिधिसभा अनिश्चितकालका लागि स्थगित


२०८३ भदौ १० बुधबार १८:०४ बजे

काठमाडौं :  प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठक भदौ ११ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका थिए।

तर बैठकपछि संघीय संसद् सचिवालयले सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको जनाएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा बाढीपहिरोबाट उत्पन्न विषम परिस्थितिमा सरकारका साथै सभाका सदस्यहरू पनि राहत तथा उद्धारलगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको उल्लेख छ।

अब संघीय संसद् सचिवालयले अर्को सूचना प्रकाशित गरेपछि मात्र प्रतिनिधिसभाको बैठक बस्नेछ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७