मोदीले बालेनलाई फोन गरेर भोटेकोसी बाढीबारे लिए जानकारी, सहयोगको प्रतिबद्धता
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर भोटेकोसी नदीमा आएको भीषण बाढीबाट उत्पन्न अवस्थाबारे जानकारी लिएका छन्।
बुधबार अपराह्न प्रधानमन्त्री शाहसँग टेलिफोन कुराकानी गर्दै मोदीले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। मोदीले यस कठिन घडीमा भारत नेपाली जनताको साथमा रहेको बताउँदै बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले उद्धार तथा राहत कार्यमा भारतले आवश्यक सहयोग गर्ने बताउँदै यसका लागि नेपाल र भारतका सम्बन्धित निकायबीच समन्वय भइरहेको उल्लेख गरेका छन्।
.gif)

.png)

