भोटेकोशी बाढीमा ६७७ ट्रक मजदुर सम्पर्कविहीन, ५१५ ट्रक–कन्टेनर हराए


२०८३ असोज २ शुक्रबार ०८:४९ बजे
फाइल फोटो

काठमाडौं : भोटेकोशी बाढीका कारण ६७७ जना ट्रक मजदुर सम्पर्कविहीन भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बाढीमा ५१५ वटा ट्रक तथा कन्टेनरसमेत हराएका छन्।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार बसेको बैठकमा महासंघले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै उक्त जानकारी दिएको हो। बाढीका कारण सम्पर्कविहीन मजदुर तथा हराएका ट्रक–कन्टेनरको संख्या अझै बढ्न सक्ने महासंघले जनाएको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन तथा क्षतिपूर्तिको आधारबारे रायसहितको प्रतिवेदन तयार गर्न पूर्वाधार विकास मन्त्रालयले महानिर्देशक पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ। समितिलाई १५ दिनभित्र रायसुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

समितिमा पूर्वाधार विकास मन्त्रालय तथा मन्त्रीको सचिवालयका प्रतिनिधि, यातायात व्यवसायी र यातायात मजदुर संघ–संगठनका प्रतिनिधिसहित नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ र महासचिव बद्रीप्रसाद चौलागाईंलगायत सदस्य रहेका छन्। समितिले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत अध्ययन गरी क्षतिको मूल्यांकन र क्षतिपूर्तिको आधारबारे सरकारलाई सुझाव दिनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७