कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत


२०८३ भदौ ८ सोमबार १७:२७ बजे

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले पेस गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत परेको हो। उनको पक्षमा सत्ता साझेदार नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेशसभा सदस्यले मतदान गरे।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मतदान गरेका छन्। कांग्रेसका २९ सदस्यमध्ये २२ जना मतदानमा सहभागी भई प्रस्तावको विपक्षमा मत दिएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभामुखसहित पाँच जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा तटस्थ रहे। जनता समाजवादी पार्टी (जसपा)की एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बु भने बैठकमा अनुपस्थित रहिन्। ९३ सदस्यीय कोसी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए।

मुख्यमन्त्री कार्कीले संविधानअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएपछि सोमबार विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए। मतदानबाट प्रस्ताव बहुमतले पारित भएसँगै उनको नेतृत्वको प्रदेश सरकारलाई निरन्तरता दिने बाटो खुलेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७