७५ ग्रामको सुनजस्तो पहेँलो धातुको सिक्रीसहित दोहाबाट आएका एक जना पक्राउ


२०८३ भदौ ८ सोमबार १७:१३ बजे

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो पहेँलो धातुको सिक्रीसहित एकजनालाई पक्राउ गरिएको छ। विमानस्थल पहरीकाअनुसार यात्रुलाई प्रयोग गरी भन्सार छली सुन ओसारपसार गर्न खोजिएको आरोपमा एक जना पक्राउ परेका हुन् । 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय कृष्ण यादवलाई सुनजस्तो देखिने पहेँलो धातुको सिक्रीसहित पक्राउ गरिएको हो। दोहा हुँदै नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं आएका यात्रुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार भइरहेको सूचनाका आधारमा विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रमा निगरानी तथा खोजतलास गरिएको थियो। सो क्रममा यादवले बाह्य मुलुकबाट आएका तीन जना यात्रुलाई प्रयोग गरी ल्याएको सुनजस्तो देखिने पहेँलो धातुको तीन थान सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ। सिक्रीको कुल तौल करिब ७५ ग्राम रहेको छ।

यात्रुमार्फत उक्त सामग्री नेपाल ल्याएबापत यादवले उनीहरूलाई जनही १० हजार रुपैयाँका दरले ज्याला दिने तयारी गरेको अवस्थामा ३० हजार रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। यादवलाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ। प्रहरीले बरामद पहेँलो धातु सुन नै हो वा अन्य धातु हो भन्ने विषयमा परीक्षण तथा थप अनुसन्धान भइरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७