वैदेशिक रोजगारसम्बन्धी मुद्दामा फरार दिपक थापा पक्राउ


२०८३ भदौ ८ सोमबार १८:३१ बजे

काठमाडौं : वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका प्रतिवादी दिपक थापा ललितपुरबाट पक्राउ परेका छन्। सृजन कवनसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र दिपक थापासमेत प्रतिवादी रहेको वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणबाट थापालाई पक्राउ गर्न अनुमति प्राप्त भएको थियो।

पक्राउ अनुमति पाएपछि फरार रहेका थापालाई प्रहरी टोलीले शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका थापालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ। उनीविरुद्ध वैदेशिक रोजगारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७