उपाध्यक्षहरूको ‘विद्रोह’ सबैको ध्यान महासचिव पोखरेलको मततिर
आज महासचिव पोखरेलले धारणा राख्दै
काठमाडौं : नेकपा (एमाले) केन्द्रीय सचिवालय फेरि आज सुरु भएको छ । । भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा जारी बैठकको दोस्रो दिन आज महासचिव, उपमहासचिवहरू र सचिवहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।
बैठकमा आज महासचिव शंकर पोखरेलले राख्ने विचार र दृष्टिकोणलाई एमालेका नेताहरूले निकै महत्त्व र चासोका साथ हेरेका छन्। महासचिव पोखरेलको सम्बोधनले पार्टीको आगामी राजनीतिक र सांगठनिक दिशा तय गर्ने दाबी स्रोतले गरेको छ। एमालेका एक पदाधिकारीका अनुसार, महासचिव पोखरेलले पार्टीको रूपान्तरण र पुनर्गठनका लागि नेतृत्व तहमा आवश्यक विकल्पको पक्षमा मत राखेको खण्डमा त्यसले संगठनभित्र नयाँ परिस्थिति सिर्जना गर्नेछ।
यसअघि शुक्रबार ६ घण्टासम्म चलेको बैठकको पहिलो दिन पार्टीका पाँच उपाध्यक्षमध्ये चार जनाले नेतृत्व परिवर्तन र मार्गप्रशस्तताको विषय उठाएका थिए। उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टी हितका लागि अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न गरेका थिए भने उपाध्यक्ष रामबहादुर थापाले मात्र वर्तमान नेतृत्वको निरन्तरताको पक्षमा धारणा राखेका थिए ।
शुक्रबारको बैठकमा नेतृत्वको विषयलाई लिएर अध्यक्ष ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङबीच केही समय वैचारिक भनाभनसहित नीतिगत असहमति समेत प्रकट भएको नेताहरूले जनाएका छन्। विगतको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षा गरे अनुसारको परिणाम प्राप्त गर्न नसकेपछि एमालेभित्र नेतृत्वको समीक्षा र संगठन सुदृढीकरणको बहस सघन बन्दै आएको छ। लगातार तेस्रो पटक एमालेको नेतृत्व सम्हालेका अध्यक्ष ओलीको पाँच महिने चालू कार्यकाल र एमालेको भावी कार्यदिशाका सन्दर्भमा आज महासचिव पोखरेलसहितका पदाधिकारीहरूले राख्ने राजनीतिक मतलाई निर्णायक मानिएको छ।
.gif)

.png)

