हाम्रै माननीयज्यूहरूले सरकारको विरोध गर्दा विपक्षी बलियो हुन थाल्यो: गृहमन्त्री गुरुङ

सरकारको आलोचनाले अप्ठ्यारोमा मन्त्री, बैठकमा उठ्यो ‘घरको झगडा’को विषय


२०८३ भदौ ३ बुधबार १४:४५ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकमा मन्त्रीहरूले आफ्नै सांसदहरूले सरकारको आलोचना गर्दा समस्या भएको गुनासो गरेका छन्। रास्वपा सभापति रवि लामिछानेले बुधबार बोलाएको दलको बैठकमा गृहमन्त्री सुधन गुरुङले आफ्नै सांसदहरूको विरोधका कारण प्रतिपक्षी दल बलियो बन्न थालेको गुनासो गरेका हुन्।

बैठकमा गुरुङले ‘हाम्रै माननीयज्यूहरूले सरकारको विरोध गर्दा विपक्षी बलियो हुन थाल्यो’ भन्दै सदनभित्र सरकारको आलोचना नगर्न आग्रह गरेका थिए। उनले पार्टीभित्रका असन्तुष्टि र गुनासो सदनबाहिरै समाधान गर्नुपर्ने धारणा राखेका थिए। गृह मन्त्रालयसँग सम्बन्धित गुनासो भए आफूलाई नभई स्वकीय सचिव जेम्स कार्कीमार्फत राख्न पनि उनले सांसदहरूलाई आग्रह गरेका थिए। 

बैठकको सुरुवातमा सभापति लामिछानेले सांसदहरूलाई मर्यादामा रहेर प्रस्तुत हुन निर्देशन दिएका थिए । पार्टीभित्रैबाट सरकारको आलोचना बढ्न थालेपछि लामिछाने संसदीय दलको गतिविधिमा सक्रिय हुन थालेका हुन्। संसदीय अभ्यासमा दलका नेताले आफ्ना सांसदको नेतृत्व र निगरानी गर्ने भए पनि रास्वपा संसदीय दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह भने बैठकमा सहभागी भएनन्। उनलाई प्रधानमन्त्री बनाउन दलको नेता चयन गरिएको बैठकबाहेक उनले हालसम्म संसदीय दलको बैठक बोलाएका छैनन् र अन्य बैठकमा पनि सहभागी भएका छैनन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७