पेटमा लुकाएर ल्याएको सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

पेटभित्रबाट सुनजस्तो देखिने १५० ग्रामको दुईवटा क्याप्सुल बरामद


२०८३ भदौ ५ शुक्रबार १६:२५ बजे

काठमाडौं : पेटभित्र सुनजस्तो देखिने धातु लुकाएर ल्याएको आरोपमा एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। दुबईबाट फ्लाई दुबईको FZ1133 उडानमार्फत साउन ३१ गते काठमाडौं आएका ३५ वर्षीय मोहम्मद रसेल हल्दरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको थियो।

सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन लुकाएर ल्याएको बताएपछि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा एक्सरे गर्दा पेटभित्र शंकास्पद धातु देखिएको थियो। त्यसपछि उनलाई पाँच दिन अस्पतालमा भर्ना गरी निगरानीमा राखिएको प्रहरीले जनाएको छ। 

भदौ ५ गते शौच गर्ने क्रममा उनको पेटबाट करिब १५० ग्राम तौल भएका सुनजस्तो देखिने पहेँलो रङका क्याप्सुल आकारका दुईवटा धातु फेला परेका थिए। बरामद वस्तुसहित हल्दरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७