कतिपय ठाउँमा आवश्यकताभन्दा बढी ग्यास राख्दा अभाव देखियो : सरकारका प्रवक्ता पोखरेल
ग्यास आपूर्ति सहज हुँदैछ : सरकार
काठमाडौं : सरकारले बजारमा देखिएको ग्यास अभाव क्रमशः सहज हुँदै गएको दाबी गरेको छ। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न ठाउँमा ग्यास सिलिन्डर वितरण भइरहेको र आपूर्ति व्यवस्थापनका लागि उद्योग मन्त्रालयले काम गरिरहेको जानकारी दिए।
‘विभिन्न ठाउँमा सिलिन्डर वितरणको काम भइरहेको छ। कतिपय ठाउँमा चाहिनेभन्दा बढी ग्यास राखिएका कारण पनि अभाव देखिएको हो,’ उनले भने, ‘मन्त्रालय यसप्रति संवेदनशील भएर काम गरिरहेको छ र आपूर्ति सहज हुँदै गइरहेको छ।’
प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह संसद्को प्रश्नोत्तर कार्यक्रममा आफ्नो समय आएपछि सहभागी हुने बताए। उनले स्वास्थ्य क्षेत्रमा आइतबार ओपीडी सेवा सञ्चालन नहुने जानकारीसमेत दिए।
.gif)

.png)

