वर्षायाममा बिजुली सस्तो बनाउने सरकारको तयारी, महसुल पुनरावलोकन हुँदै

‘सिजनल ट्यारिफ’ मार्फत बिजुलीको महसुल घटाउने सरकारको गृहकार्य


२०८३ भदौ ३ बुधबार १३:१० बजे

काठमाडौं : सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गरी गृहकार्य अघि बढाएको हो।

यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक बुधबार बस्दैछ। समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञ सदस्य छन्। अपराह्न ४ बजे मन्त्रालयमा बस्ने बैठकमा बिजुलीको महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ।

संयोजक शाहीले वर्षायाममा विद्युत् उत्पादन बढेर बिजुली खेर गइरहेको अवस्थालाई ध्यानमा राख्दै आन्तरिक खपत बढाउन महसुल पुनरावलोकन गर्न लागिएको जानकारी दिए। वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक नोक्सानी व्यहोर्नुपरेको जनाउँदै उनले ‘सिजनल ट्यारिफ’ मार्फत उपभोक्ता र उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराएर खपत बढाउने तयारी भइरहेको बताए।

सञ्चालक समिति सदस्य शाहीका अनुसार उद्योगलाई समेत सहुलियत दिने तयारी छ। वर्षायामको बिजुली सस्तो बनाएर उद्योगको उत्पादन लागत घटाउँदा त्यसको लाभ उपभोक्तासम्म कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा पनि समन्वय भइरहेको छ। ‘सिजनल ट्यारिफ’ लागू गर्दा महसुल कसरी घटाउन सकिन्छ भन्ने विषयमा बुधबार मन्त्रालयमा छलफल हुने शाहीले बताए। उनका अनुसार वर्षायामको सिजनल ट्यारिफ सस्तो हुँदा उद्योगले आफ्नो उत्पादनमा उपभोक्तालाई कसरी सहुलियत दिन सक्छन् भन्ने विषयमा समेत छलफल भइरहेको छ।

सरकारले बिजुलीको कर बढाएको भन्दै आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालयले भने उपभोक्तालाई सहुलियत दिने उपाय खोजिरहेको छ। यसका लागि समिति गठन गरेर गृहकार्य अघि बढाइएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७