ट्रम्पले सार्वजनिक गरे होर्मुज जलडमरूमध्यलाई ‘अमेरिकी क्षेत्र’ देखाइएको नक्सा

होर्मुज जलडमरूमध्यमा ट्रम्पको नजर, इरान भन्छ– इरानी नै रहनेछ


२०८३ भदौ ३ बुधबार ०७:०१ बजे

न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’ अर्थात् होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं हिस्सा यही जलमार्गबाट हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ।

फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघिसम्म यो खुला अन्तर्राष्ट्रिय जलमार्गका रूपमा सञ्चालनमा थियो। ट्रम्पले केही दिनयता होर्मुज जलडमरूमध्यलाई अमेरिकी क्षेत्र घोषणा गरी नियन्त्रण कायम गर्ने विचार व्यक्त गर्दै आएका छन्। तर, इरानले भने उक्त जलमार्ग ‘इरानी नै रहने’ स्पष्ट पारिसकेको छ।

दोस्रो कार्यकाल सुरु गरेयता ट्रम्पले क्यानडालाई अमेरिकी राज्य बनाउने तथा ग्रीनल्यान्ड र गाजा पट्टीमाथि नियन्त्रण लिने जस्ता विवादास्पद प्रस्ताव अघि सारेका छन्। यद्यपि ती प्रस्ताव कार्यान्वयन भएका छैनन्। इरानले जलमार्ग पुनः खोल्न र वार्तामा बस्न अमेरिकी नाकाबन्दी तथा तेल प्रतिबन्ध अन्त्य, रोक्का सम्पत्ति फुकुवा र युद्धको क्षतिपूर्ति दिनुपर्ने सर्त अघि सारेको छ।

- एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७