रास्वपा सांसद गणेश पौडेलमाथि दुर्व्यवहार

मधेस मुक्ति अभियानका पर्चा छरेर फरार


२०८३ श्रावण ८ शुक्रबार १४:०४ बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि रौतहटमा दुर्व्यवहार भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार राति करिब ९ बजेतिर गढीमाई नगरपालिका–७, पर्सामा पौडेलमाथि केही व्यक्तिले दुर्व्यवहार गर्दै विभिन्न नारा लेखिएका पर्चा छरेर फरार भएका हुन्।

प्रहरीका अनुसार घटनास्थलमा ‘मधेस मुक्ति अभियान जिन्दावाद’, ‘नेपाल उपनिवेश अन्त्य गर’ लगायतका नारा लेखिएका पर्चा फ्याँकिएका थिए। घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनासँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा सांसद पौडेलमाथि मसी फ्याँकिएको दाबी गरिएको भिडियो पनि सार्वजनिक भएको छ। तर जिल्ला प्रहरी कार्यालय रौतहटले भने आफूहरूलाई मसी फ्याँकिएको सम्बन्धमा कुनै आधिकारिक जानकारी वा उजुरी प्राप्त नभएको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे जानकारी शुक्रबार बिहान मात्रै प्राप्त भएको थियो। हाल घटनाको वास्तविकता र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७