शिक्षामन्त्रीको राजीनामामा सम्झौता हुँदैन, आन्दोलन जारी रहन्छ : सीजेपी
काठमाडौं : कक्रोच जनता पार्टी (सीजेपी) का मुख्य प्रवक्ता सौरव दासले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको विषयमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
दासले आन्दोलनकारी सोनम वाङ्चुकसँग पटकपटक संवाद भएको जानकारी दिँदै आन्दोलनलाई पूर्ण रूपमा शान्तिपूर्ण बनाउन सबै प्रदर्शनकारीलाई अपिल गरिएको बताए। उनले विगतका आन्दोलनमा सत्तापक्षले असामाजिक तत्व घुसाएर आन्दोलनलाई बदनाम गर्ने प्रयास गरेको आरोप लगाउँदै यसपटक त्यस्तो अवस्था दोहोरिन नदिन सबैलाई सतर्क रहन आग्रह गरे।
उनले केन्द्रीय मन्त्री जेपी नड्डाको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गर्दै आन्दोलनलाई राजनीतिक रंग नदिनुपर्ने भनाइ गैरजिम्मेवार भएको टिप्पणी गरे। दासका अनुसार एक महिनाभन्दा बढी समयदेखि आन्दोलन जारी रहे पनि सरकारले मागप्रति गम्भीरता नदेखाएको आरोप लगाए।
दासले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आन्दोलनको अपरिवर्तनीय माग भएको उल्लेख गर्दै उनले पद नछाडेसम्म आन्दोलन नरोकिने बताए। यसअघि केन्द्रीय मन्त्री जेपी नड्डाले पत्रकार सम्मेलनमार्फत विपक्षी दलहरूले आन्दोलनबाट राजनीतिक लाभ लिन खोजेको आरोप लगाएका थिए।
उनले सरकार गम्भीर र सार्थक छलफलका लागि तयार रहेको उल्लेख गर्दै संसद नै यस्ता विषयमा गहन बहस गर्ने उपयुक्त मञ्च भएको बताएका थिए। साथै, बालबालिकाको भविष्यसँग जोडिएको विषय भएकाले सरकार र विपक्ष दुवैले साझा जिम्मेवारीका साथ समाधान खोज्नुपर्ने उनको भनाइ थियो।
.gif)

.png)

