भारतमा ‘कक्रोच जनता पार्टी’द्वारा आन्दोलन घोषणा


२०८३ जेठ १८ सोमबार १६:४३ बजे

काठमाडौं । भारतमा ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले आन्दोलन घोषणा गरेको छ। आगामी शनिबारदेखि दिल्लीमा धर्ना सुरु गर्ने तयारी भएको बताइएको छ।

एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलन घोषणा गरिएको हो।

सामाजिक सञ्जालबाट उदाएको यस अभियानलाई युवाहरूको असन्तुष्टि, बेरोजगारी, भ्रष्टाचार र शिक्षा प्रणालीप्रतिको विरोधको डिजिटल आन्दोलनका रूपमा हेरिएको छ।

पार्टीका संस्थापक अभिजित दिपकेले अमेरिकीबाट फर्किएपछि आन्दोलनलाई औपचारिक रूपमा अघि बढाउने तयारी गरेका छन्।

सिजेपीले संसदमा महिला प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउने, सञ्चारमाध्यम नियमन गर्ने र राजनीतिक जवाफदेहिता बढाउने लगायतका मागहरू पनि अघि सारेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७