महाधिवेशन नसकिँदै काठमाडौं फर्किए बालेन


२०८३ असार १० बुधबार ११:५४ बजे

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न नहुँदै प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह काठमाडौं फर्किएका छन्।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भई सम्बोधन गरेका प्रधानमन्त्री शाह बन्दसत्रमा समेत केही समय उपस्थित भएका थिए। रास्वपा सभापति रवि लामिछानेलाई सभापतिमा समर्थन जनाएका प्रधानमन्त्री शाह महाधिवेशनको मतदान प्रक्रिया अगाडि बढ्दै गर्दा काठमाडौं फर्किएका हुन्।

महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज मतदान गर्ने तयारी छ ।  ९९ जना केन्द्रीय सदस्य पदका लागि ३५५ जनाको उम्मेदवारी परेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ भने उम्मेदवारहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन्।

दर्ता भएका उम्मेदवारीमध्ये भूगोल (प्रदेश) तर्फ १७४ जना, खुलातर्फ ८५ जना र समावेशी समूहतर्फ ९६ जना रहेका छन्। उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै विद्युतीय मतदान मेसिन (ईभीएम) मा उम्मेदवारको नाम प्रविष्ट (इन्ट्री) गर्ने काम सुरु हुनेछ। आयोगका अनुसार मेसिनमा नाम इन्ट्री गर्न कम्तीमा ६ घण्टा लाग्नेछ।

महाधिवेशनमा ४,१०० प्रतिनिधि सहभागी छन्। आयोगको अनुमानअनुसार एक प्रतिनिधिले मतदान गर्न करिब १५ मिनेटको समय लाग्नेछ। मतदानका लागि ८० वटा मेसिनको व्यवस्था गरिएको छ, जसबाट एक पटकमा ८० जनाले मतदान गर्न सक्नेछन्। यो प्रक्रियाअनुसार मतदान सम्पन्न गर्न ८ देखि १० घण्टा लाग्ने देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७