राप्रपा काठमाडौं जिल्ला अध्यक्ष सिम्खडासहित १०७ जनाले दिए सामूहिक राजीनामा


२०८३ असार ५ शुक्रबार १४:०४ बजे

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष नवराज सिम्खडासहित १०७ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। पार्टीको नीति, व्यवहार र विचारमा विचलन आएको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।

जिल्ला अध्यक्ष सिम्खडाद्वारा जारी वक्तव्यमा पार्टी आफ्नो मूल नीति र सिद्धान्तबाट विमुख हुँदै गएको तथा भनाइ र गराइमा एकरूपता नरहेकाले काठमाडौं जिल्ला कमिटीबाट संयुक्त राजीनामा दिइएको उल्लेख छ। यसअघि सिम्खडाकै अध्यक्षतामा बसेको जिल्ला कमिटीको बैठकले राप्रपाबाट अलग हुने निर्णय गरेको थियो। राजीनामा दिनेहरूमा राप्रपाका काठमाडौं महानगर अध्यक्ष केदारबहादुर धमला समेत रहेका छन्।

पार्टी छाडे पनि आफ्नो मूल वैचारिक प्रतिबद्धता र सिद्धान्तबाट भने विचलित नहुने उनीहरूले स्पष्ट पारेका छन्। राप्रपाबाट अलग हुने नेता तथा कार्यकर्ताहरूको नामावली क्रमशः प्रकाशित गरिने ढकालले जानकारी दिएका छन्। यो समूह अब डा. धवलशम्शेर राणाको नेतृत्वमा गठन हुन लागेको नयाँ पार्टीमा जाने तयारीमा रहेको बुझिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७