कक्षा १२ को नतिजा सार्वजनिक: ६४.३१ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने ?


२०८३ असार ५ शुक्रबार १०:१३ बजे

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल आज बिहान सार्वजनिक गरेको छ। गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी सहभागी भएका थिए।

बोर्डका अनुसार, नियमिततर्फ ३ लाख ३२ हजार २४१ परीक्षार्थीमध्ये २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन्, जसको प्रतिशत ६९.७५ रहेको छ। यसका साथै आंशिकतर्फका ३६ हजार ४२० जनासहित कुल २ लाख ६८ हजार १९० जना परीक्षार्थी सफल भएका छन्। दुवैतर्फका नतिजा जोड्दा समग्र उत्तीर्ण दर ६४.३१ प्रतिशत रहेको छ भने अमर्यादित गतिविधिमा संलग्न ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

नतिजाको मुख्य विवरण:

  • कुल सहभागी: ४ लाख ९५ हजार १७० जना

  • कुल उत्तीर्ण: २ लाख ६८ हजार १९० जना (नियमित र आंशिक गरी)

  • नियमिततर्फको नतिजा: परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन्। यो नियमिततर्फको ६९.७५ प्रतिशत हो।

  • एनजी (Non-Grading): नियमिततर्फ १ लाख ४७१ जना विद्यार्थी एनजीको सूचीमा परेका छन्, जुन कुल परीक्षार्थीको ३०.२५ प्रतिशत हो।

  • परीक्षा रद्द: अमर्यादित गतिविधिमा संलग्न ४० जनाको परीक्षा रद्द गरिएको छ।

जीपीए अनुसार विद्यार्थी संख्या: बोर्डका अनुसार सबैभन्दा धेरै विद्यार्थी २.८१ देखि ३.२० जीपीए ल्याउने समूहमा छन्:

  • ३.६१ - ४.० जीपीए: १७,७८६ जना

  • ३.२१ - ३.६० जीपीए: ६४,८२१ जना

  • २.८१ - ३.२० जीपीए: ९४,२४९ जना

  • २.४१ - २.८० जीपीए: ५०,५९७ जना

  • २.०१ - २.४० जीपीए: ४,३०८ जना

  • १.६१ - २.०० जीपीए: ९ जना

परीक्षाको नतिजा विश्लेषण गर्दा २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी ९४ हजार २४९ रहेको छ। अन्य समूहहरूमा ३.६१ देखि ४.० जीपीए ल्याउने १७ हजार ७८६, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१, २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७, २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ र १.६१ देखि २.०० जीपीए ल्याउने ९ जना रहेका छन्। नियमिततर्फको ३०.२५ प्रतिशत अर्थात् १ लाख ४ सय ७१ जना विद्यार्थी भने यसपटक ‘एनजी’ (नन-ग्रेडिङ) मा परेका छन्।

बोर्डले सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। तोकिएको अंकभन्दा कम प्राप्त गर्ने वा बढीमा दुई विषयमा ‘एनजी’ आएका तथा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीहरूका लागि बोर्डले मौका (पूरक) परीक्षाको व्यवस्था गरेको छ। पूरक परीक्षाको तालिका केही समयपछि सार्वजनिक गरिनेछ। विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट वा एसएमएस सेवामार्फत आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७