विनोद कुँवर र उत्तर खत्री सचिव पदमा बढुवा
काठमाडौं : सरकारले दुई सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिसमा वरिष्ठताका आधारमा विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै दुई सहसचिवलाई सचिवमा बढुवा गरिएको जानकारी दिए। यसअघि सचिव बढुवाका लागि कुँवरको नाम ज्येष्ठताका आधारमा एकल सिफारिस भएको थियो।
.gif)

.png)

