माउण्ट एभरेष्ट डिष्टिलरीको पहिलो साधारण सभा सम्पन्न, २० प्रतिशत आईपीओ जारी गर्ने निर्णय
काठमाडौं । माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा सफलताका साथ सम्पन्न गरेको छ।
काठमाडौंमा आयोजित उक्त सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणहरूलाई सर्वसम्मतिले पारित गरेको छ।
कम्पनीले आफ्नो व्यवसाय विस्तार र पुँजी संरचना सुदृढीकरणका लागि महत्वपूर्ण रणनीतिक निर्णयहरू लिएको छ। सभाले कम्पनीको जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि प्राथमिक निष्कासन (आईपीओ) मार्फत जारी गर्ने प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ। यस कदमले कम्पनीलाई पूँजी बजारमा प्रवेश गर्न मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।
उत्पादनतर्फ कम्पनीले आधुनिक प्रविधि र अटोमेसन प्रणालीलाई प्राथमिकता दिने योजना बनाएको छ। औद्योगिक क्षमता विस्तार गर्दै उत्पादनको गुणस्तर र दक्षतामा सुधार ल्याउने लक्ष्य राखिएको छ।
सभामा लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणका साथै नयाँ उत्पादनहरूको प्रवर्द्धनमा जोड दिने विषयमा पनि छलफल भएको थियो।
कम्पनीका अध्यक्षले डिष्टिलरीलाई प्रतिस्पर्धी र नवप्रवर्तनशील बनाउँदै दिगो विकासतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे। साधारण सभालाई सफल बनाउन सहयोग पुर्याउने शेयरधनी तथा अन्य सरोकारवालाहरूलाई कम्पनीले हार्दिक आभार प्रकट गरेको छ।
.gif)

.png)

