नयाँ अध्यादेशसँगै हितेन्द्रदेव शाक्यसहित १० पदाधिकारी पदमुक्त

विद्युत् प्राधिकरण र नियमन आयोगको नेतृत्वविहीन


२०८३ बैशाख २१ सोमबार १७:४९ बजे

काठमाडौँ :  सरकारले हालै जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत १० जना उच्च पदाधिकारीहरू आजबाट स्वतः पदमुक्त भएका छन्।

मन्त्रालयले आज सार्वजनिक गरेको सूचनाअनुसार, नयाँ कानुनी व्यवस्थाका कारण नेपाल विद्युत् प्राधिकरण र विद्युत् नियमन आयोगका नेतृत्वदायी व्यक्तिहरूको पद रिक्त भएको हो।

प्राधिकरण र आयोगबाट को–को बाहिरिए? मन्त्रालयको विवरणअनुसार पदमुक्त हुने पदाधिकारीहरूको सूची यस प्रकार छन् ।

 नेपाल विद्युत् प्राधिकरण 
१. हितेन्द्रदेव शाक्य – कार्यकारी निर्देशक तथा सदस्य सचिव
२. रतनबहादुर ऐर – सदस्य
३. डा. बलबहादुर पराजुली – सदस्य
४. श्यामकिशोर यादव – सदस्य
५. रोहित पौडेल – सदस्य

विद्युत् नियमन आयोग 
१. डा. रामप्रसाद धिताल – अध्यक्ष
२. डा. मधुसुधन अधिकारी – सदस्य
३. डा. झमकप्रसाद शर्मा – सदस्य
४. गौतम डङ्गोल – सदस्य
५. भागिरथी भट्टराई ज्ञवाली – सदस्य

मन्त्रालयका अनुसार अध्यादेशमा उल्लेखित विशेष व्यवस्था कार्यान्वयनमा आएसँगै यी पदाधिकारीहरूको कार्यकाल स्वतः समाप्त भएको मानिएको हो। यस कदमले ऊर्जा क्षेत्रका दुई प्रमुख नियामक र कार्यकारी निकायमा नयाँ नियुक्ति प्रक्रियाका लागि बाटो खुला गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७