सरकारले पठाएका सबै अध्यादेश जारी


२०८३ बैशाख २२ मंगलबार १४:०३ बजे

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएको सबै अध्यादेश जारी गरेका छन्। मंगलबार राष्ट्रपति  पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारीसँगै सबै अध्यादेश जारी भएको हो । 

राष्ट्रपति पौडेलले ७ अध्यादेश पारित गरेका थिए भने संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता गरेका थिए। राष्ट्रपति पौडेलले पुनर्विचारका लागि वैशाख १४ मा अध्यादेश फिर्ता पठाएका थिए। तर मन्त्रिपरिषद बैठकले फेरि संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि आज राष्ट्रपति पौडेलले उक्त अध्यादेश पनि जारी गरेका हुन्।

संवैधानिक परिषद अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्‍वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश जारी भएको हो।

यसअघि वैशाख २० मा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अध्यादेश जारी गरेका थिए। त्यसअघि वैशाख १९ मा तीन वटा अध्यादेश जारी गरेका थिए। 

जसमा स्वास्थ्य विज्ञान प्रतिष्‍ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्‍वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३    रहेका थिए। 

त्यस्तै, वैशाख १८ मा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिँ) निवारण (तेस्रो संशोधन) अध्यादेश र वैशाख १७ मा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए। 

पहिलो अध्यादेश वैशाख १७ मै जारी भएको थियो। जुन, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ रहेको थियो। सरकारले संसद् वैठक स्थगित गरेर अध्यादेश ल्याएपछि आलोचना भइरहेको छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७