अध्यादेश र अंकगणितको आडमा प्रधानमन्त्रीबाट महिलामाथि हिंसा भयो : कमलादेवी पन्त

\'प्रधानमन्त्रीज्यूले आज अर्को सक्षम महिलामाथि बहुमतको अहंकार प्रदर्शन गर्नुभएकोबाट समग्र महिलाको मन दुखेको छ। हामी महिलाहरू दुःखी छौं\'


२०८३ बैशाख २८ सोमबार १५:३२ बजे

काठमाडौं :  राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले प्रधानमन्त्री बालेन शाहले  सक्षम महिलामाथि बहुमतको अहंकार प्रदर्शन गरेको बताएकी छिन् ।  प्रधानमन्त्री शाहले अध्यादेश र अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गरेको उनको जिकिर छ । 

प्रधानन्यायाधीश सिफारिस प्रकरणको मुद्दा उठाउँदै सांसद पन्तले सोमबार राष्ट्रिय सभाको बैठकमा पन्तले भनिन्, ‘कुनै दिन आफ्नो श्रीमतीसँग जोडिएको एउटा घटनामा खुबै संवेदनशील देखिएर सामाजिक सञ्जालमा नानाभाँती लेख्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यूले आज अर्को सक्षम महिलामाथि बहुमतको अहंकार प्रदर्शन गर्नुभएकोबाट समग्र महिलाको मन दुखेको छ। हामी महिलाहरू दुःखी छौं । महिला भएकै कारणले निमित्त चलाइ सकेको सिनियर महिला प्रधानन्यायाधीशमाथि आक्रमण गरिएको छ । अध्यादेश र अंकगणितको आडमा गरिएको यो जगन्य महिला हिंसा हो भन्ने आम ठम्याई छ ।’

पूर्ववर्ती सरकारको विकल्पका रूपमा परिवर्तनको नाराका साथ सत्तारोहण भएको वर्तमान सरकारले पहिलो गाँसमै अध्यादेश मार्फत संवैधानिक परिषद्‍को कार्यविधिमा पुरानै चलखेललाई समेत उछिन्ने गरी पराक्रम देखाएको उनको भनाइ छ । प्रधानमन्त्री शाहले यसो गर्नुमा सर्वोच्च अदालतको गरिमा, सम्मान र भरोसा पूर्ण निरन्तरता माथि प्रहार गर्ने नियतलाई छर्लङ्ग पारेको उनले बताइन् । यसबाट नेपाली न्यायिक क्षेत्रको निष्पक्ष निर्मल आकाशमा दुर्गामी गलत अभ्यासको धब्बाको विजारोपण भएको उनले बताइन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७