अध्यादेश र सुकुम्वासी मुद्दामा कांग्रेसको बैठक


२०८३ बैशाख २३ बुधबार १२:०७ बजे

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट प्रतिनिधि सभामा रहेका सांसदहरूलाई संसदीय भूमिकाबारे विशेष प्रशिक्षण दिने बताए। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज दिउँसो १ बजे बस्ने बैठकमा सांसदहरूलाई संसद्मा कसरी प्रभावकारी रूपमा प्रस्तुत हुने भन्ने विषयमा उनले प्रशिक्षित गर्ने बताए।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको सचिवालयका अनुसार संसद् बैठकमा सांसदहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी र प्रस्तुतिका सम्बन्धमा सभापति थापाले सहजीकरण  गर्ने कार्यसूची रहेको छ।

प्रशिक्षणका अतिरिक्त यस बैठकमा समसामयिक राजनीतिक मुद्दाहरूमा पनि छलफल हुनेछ। विशेषगरी सरकारको सिफारिसमा जारी भएका अध्यादेशहरू र सुकुम्वासी समस्याका सम्बन्धमा पार्टीले कस्तो अडान लिने भन्ने विषयमा सांसदहरूबीच साझा धारणा बनाइने जनाइएको छ। स्रोतका अनुसार सदनमा पार्टीको उपस्थितिलाई थप सशक्त बनाउन यो बैठक आह्वान गरिएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७