पर्यटन प्रवर्द्धन र रेड पाण्डा संरक्षणका लागि ‘रेड पाण्डा महोत्सव’


२०८२ चैत २१ शनिबार १६:३५ बजे

काठमाडौँ : इलामको सन्दकपुर गाउँपालिकामा तेस्रो संस्करणको ‘रेड पाण्डा महोत्सव’ सुरु भएको छ।

लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हिजोदेखि महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

महोत्सवमा सहभागी पर्यटकले आदिवासी जनजातिको संस्कृति, सिमसार क्षेत्र, पोखरी, प्राकृतिक सुन्दरता तथा सगरमाथासहित विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न पाउनेछन् । साथै, सयौँ प्रजातिका चरा र रेड पाण्डासहितका दुर्लभ वन्यजन्तुको अध्ययनसँगै पदयात्राको अनुभव लिन सकिने व्यवस्था गरिएको छ।

सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङका अनुसार वन, वन्यजन्तु र प्राकृतिक वातावरणमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित वार्षिक क्यालेण्डरअनुसार महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा नेपाल र भारतका पर्यटन व्यवसायीको सहभागिता रहेको छ। कार्यक्रम पर्सि सोमबारसम्म सञ्चालन हुने जनाइएको छ। सन्दकपुर क्षेत्रमा रेड पाण्डा अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन्। हिमाली क्षेत्रमा पाइने यो दुर्लभ स्तनधारी प्रजाति भुटान, चीन, भारत, म्यानमार र नेपालमा सीमित रूपमा पाइन्छ।

नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ (१९७३) ले रेड पाण्डालाई संरक्षित प्रजातिका रूपमा वर्गीकृत गरेको छ। समुद्री सतहबाट करिब २,२०० देखि ४,८०० मिटरसम्मको उचाइमा यसको बासस्थान उपयुक्त मानिन्छ।

इलामसहित नेपालका २५ जिल्लामा पाइने रेड पाण्डाको मुख्य आहारा मालिङ्गो, निगालोको टुसा, भालुचिण्डे, ऐँसेलु तथा जङ्गली फलफूल हुन्। संरक्षणका लागि सन्दकपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा रेड पाण्डासम्बन्धी पठनपाठन सञ्चालन गरिरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७