सांसदको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ  : कविन्द्र बुर्लाकोटी


२०८२ चैत ३ मंगलबार १८:१२ बजे

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन्।

पार्टीका सांसदहरूको लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, 'सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउँछौँ। सांसदहरूको शपथ लगत्तै बस्ने दलको बैठकले संसदीय दलको नेता चयन गर्छ।'

रास्वपाले आगामी संसदीय दलको नेता चयनका लागि वरिष्ठ नेता बालेन शाहलाई चयन गर्ने तयारी गरेको छ। बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर रास्वपाले चुनाव लडेको थियो र पार्टीले दुई तिहाइ बहुमतका नजिक १८२ सीट जितेको छ। 

शपथ ग्रहणको पूर्वरूपमा रास्वपाले सांसदहरूको लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७