जोखिम कायमै छ, सतर्क रहनुस् : प्रधानमन्त्री


२०८३ असोज ११ आइतबार २१:३० बजे
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी तथा चट्याङका घटना भइरहेकाले अझै पनि विपद्को जोखिम कायम रहेको बताएका छन्। 

उनले सम्भावित जोखिमबाट जोगिन नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। 

आइतबार बेलुकी सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले अविरल वर्षाका कारण देशका विभिन्न भागमा प्राकृतिक विपद्का घटना भइरहेका र त्यसबाट प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको बताएका हुन्।

असोज ८ गतेदेखि आइतबार साँझसम्म चट्याङ, बाढी, पहिरो, हावाहुरी तथा अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

विपद्का घटनामा परी पाँच जना घाइते भएका छन्। 

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले संकटको समयमा प्रत्येक नागरिकको जीवन रक्षा गर्नु र उनीहरूलाई सुरक्षित महसुस गराउनु सरकारको पहिलो कर्तव्य भएको समेत बताएका छन्।

विपद्को सामना गर्न धैर्य, संयम र एकताका साथ अघि बढ्न आग्रह गर्दै नागरिकलाई सुरक्षित रहन र सतर्कता अपनाउन उनले अपिल गरेका छन्।

यसैबीच विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै बस्ती डुबानमा पर्ने र नदीको बहाव बढ्ने क्रम जारी रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७