रास्वपाको संशोधित विधानमा सभापतिलाई संसदीय दलमाथि थप अधिकार
सभापतिको नीतिगत निर्देशन पालना नगरे संसदीय दलको नेताको पद रिक्त हुने व्यवस्था
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संशोधित विधानमा पार्टी सभापतिलाई संसदीय दलसँग सम्बन्धित थप अधिकार दिइएको व्यवस्था सार्वजनिक भएको छ। नयाँ विधानअनुसार सभापतिले दिएको नीतिगत निर्देशन संसदीय दलका नेता तथा सदस्यले अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ।
विधानको दफा ६८ मा सभापतिले दिएको नीतिगत निर्देशन पालना नगरे संसदीय दलको नेताको पद रिक्त हुने व्यवस्था समावेश गरिएको छ। यो प्रावधान यसअघिको विधानमा थिएन। रास्वपाका पूर्वमहामन्त्री डा। मुकुल ढकालले सामाजिक सञ्जालमार्फत उक्त व्यवस्था सार्वजनिक गरेपछि यसको राजनीतिक र संवैधानिक प्रभावबारे चर्चा सुरु भएको छ।

संविधानविद् भीमार्जुन आचार्यका अनुसार संसदीय दलको नेताबाट हटाइएमा प्रधानमन्त्रीको पदमा पनि प्रभाव पर्न सक्छ। यद्यपि, यस्तो अवस्था आएमा संविधान, दलको विधान र सम्बन्धित कानुनी प्रक्रियाअनुसार निर्णय हुने उनले बताएका छन्। राजनीतिक दलसम्बन्धी ऐनले संसदीय दलको नेता चयन तथा पदमुक्त गर्ने विषय सम्बन्धित दलको विधानअनुसार हुने व्यवस्था गरेको छ।
.gif)

.png)

