प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत


२०८२ चैत १ आइतबार १७:२८ बजे

काठमाडौं : सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई मनोनीत गरेको छ।

प्रधानमन्त्री तथा कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा नियुक्त गरेकी हुन्। यसअघि अध्यक्ष रहेका ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनयन गरिएको हो।

अध्यक्षका रूपमा श्रेष्ठले अब कोषको सञ्चालक समितिको अध्यक्षता गर्नेछन् । राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले नै अध्यक्ष मनोनयन गर्ने व्यवस्था छ । 

समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले कानुनमा स्नातक गरेका छन् । सिन्धुलीका उनी पेशाले कानुन व्यवसायीसमेत हुन्। 

हाल उनी प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत छन्।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७