कमल थापाको अफर : हिन्दुराष्ट्र बनाउने भए बालेन सरकारलाई राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ


२०८२ फाल्गुण २८ बिहीबार १७:५२ बजे

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले हिन्दुराष्ट्र निर्माणका लागि संविधान संशोधन गर्न तयार भए आफ्नो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाह नेतृत्वको नयाँ सरकारलाई सहयोग गर्ने प्रस्ताव गरेका छन्।

थापाका अनुसार नयाँ बन्ने सरकारलाई संसद्मा दुई तिहाइ बहुमतका लागि २ सिट कम भएको छ। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसद्मा दुईतिहाइ बहुमतको लागि २ सिट कम छ। यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दुराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ।’

कमल थापा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए, तर लज्जास्पद हार व्यहोरेका छन् । सो क्षेत्रमा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी भए भने नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ र नेकपा एमालेका ईश्वर पोखरेलले ४ हजार ७०१ मत प्राप्त गरे ।

राप्रपाका कमल थापाले चुनाव चिह्न प्रयोग गरी जम्मा १ हजार ९२२ मत पाएका थिए। कुल मतको १० प्रतिशत पनि नपाउँदा कानुनअनुसार उनको जमानत जफत भएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७