ओखलढुंगामा विश्वराज पोखरेल ५ भोटको मतान्तरले विजयी
काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतको अन्तरले पराजित गरेका हुन्।
आइतबार (फागुन २४) बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन्। दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएकोमा पोखरेलले पाँच मतान्तरले जित हासिल गरेका हुन्। पोखरेल नेपाल प्रहरीका पूर्व एआईजी हुन्।
अन्तिम मतपरिणामअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अम्बिरबाबु गुरुङ ११ हजार २९६ मतसहित तेस्रो स्थानमा रहे। नेकपा (एमाले)की उम्मेदवार असिमता थापाले १० हजार ७२० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेकी निर्वाचन आयोगले जनाएको छ।
पोखरेल नेपाल प्रहरीका पूर्व एआइजी हुन्।
.gif)

.png)

