ओखलढुंगाको मैलुङ–५ मा एमालेका तामाङ विजयी


२०८१ मङ्सिर १६ आइतबार २१:४० बजे

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर–५ को वडाध्यक्षमा एमाले विजयी भएको छ । वडाध्यक्षमा एमालेका गंगा तामाङ ३९९ मतसहित विजयी भएका हुन् । २०५४ देखि नै कांग्रेसले जित्दै आएको यस वडामा एमालेले यस पटक कांग्रेसको विरासत तोडेको छ ।

दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहालले १७७ मत पाएका छन् । त्यस्तै रास्वपाका विष्णु पोखरेलले १५१ मत ल्याएका छन् भने माओवादी केन्द्रका मानवहादुर सुनुवारले २३ मत प्राप्त गरेका छन् । ७६८ मत खसेको थियो । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधनपछि उपनिर्वाचन भएको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७