भोटेकोशी बाढीः जोखिम मोलेर उद्दारमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने


२०८३ भदौ ११ बिहीबार १८:०३ बजे

काठमाडौं : सरकारले बाढी, पहिरो, आगलागीलगायत प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीको सुविधा बढाउने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद्का समयमा परिचालन हुने सुरक्षा निकायका जनशक्तिको भत्ता तथा दैनिक खाजा खर्च वृद्धि गर्ने निर्णय गरेको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्ति विपद्का बेला उद्धार तथा राहत कार्यको अग्रपङ्क्तिमा खटिँदै आएका छन्। जोखिमपूर्ण परिस्थितिमा उनीहरूले निर्वाह गर्दै आएको भूमिकालाई राज्यका तर्फबाट प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ। विपद् व्यवस्थापनका कामलाई थप प्रभावकारी, छिटो र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा परिचालित जनशक्तिलाई राज्यबाट प्रोत्साहनको अनुभूति गराउन आवश्यक रहेको ठहर गर्दै सुविधा वृद्धि गर्ने निर्णय गरिएको हो।

सम्बन्धित मन्त्रालयले टुंगो लगाउने

प्राधिकरणको कार्यकारी समितिले सुविधा वृद्धि गर्ने निर्णय गरे पनि यसको कार्यान्वयनका लागि सम्बन्धित सुरक्षा निकायले आफ्नो तालुकदार मन्त्रालयमा प्रस्ताव पठाउनुपर्नेछ। सम्बन्धित सुरक्षा निकायबाट प्रस्ताव प्राप्त भएपछि सम्बन्धित मन्त्रालयले आवश्यक निर्णय गरी नयाँ सुविधा कार्यान्वयनमा ल्याउनेछन्।

बाढी, पहिरो, डुबान, आगलागी तथा अन्य विपद्का समयमा उद्धार, खोजतलास र राहत वितरणमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुँदै आएका छन्। उनीहरूको जोखिमपूर्ण भूमिकालाई ध्यानमा राख्दै सुविधा परिमार्जन गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७