भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या ३५९ पुग्यो
खोजीमा ४ हजार ३४८ प्रहरी परिचालित
काठमाडौं : भोटेकोशीको बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ३५९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीको पछिल्लो विवरणअनुसार बाढीले प्रभावित विभिन्न जिल्लाबाट ती शव संकलन गरिएको हो। सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्।
प्रहरीका अनुसार चितवनमा १३२, धादिङमा ३३, गोरखामा ३०, तनहुँमा २२, रसुवामा १७, नवलपरासी पश्चिममा १५, नुवाकोटमा २ र नवलपरासी पूर्वमा २ जनाको शव फेला परेको छ। बाढीपछिको विपद्मा २८ जना प्रहरी कर्मचारीसमेत अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीन तथा बाढीमा परेका नागरिकको खोजी र उद्धारका लागि सुरक्षा निकायले अभियानलाई निरन्तरता दिएको छ। नेपाल प्रहरीले मात्रै ४ हजार ३४८ जना प्रहरी कर्मचारीलाई खोज तथा उद्धार कार्यमा परिचालन गरेको जनाएको छ।
यसैबीच बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढीपछि बेपत्ता नागरिकको खोजी, शव संकलन तथा घाइतेको उद्दार र उपचारलाई प्राथमिकतामा राखेर सुरक्षा निकाय परिचालन भइरहेको छ।
.gif)

.png)

