सुनसरी-१ मा गोमाको फराकिलो अग्रता,पछ्याउँदै हर्क साम्पाङ


२०८२ फाल्गुण २२ शुक्रबार १६:१७ बजे

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को मतगणना निकै रोचक मोडमा पुगेको छ।

प्रारम्भिक मतगणनामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) ले अन्य प्रतिस्पर्धीलाई निकै पछाडि छाड्दै फराकिलो अग्रता कायम गरेकी छन्। पछिल्लो परिणामअनुसार, तामाङले ४६१ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेकी छन्।

त्यस्तै, स्थानीय तहमा लोकप्रिय मानिएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १५४ मत प्राप्त गरी तामाङलाई पछ्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र गोले १०७ मतका साथ तेस्रो स्थानमा रहेका छन्, जबकि राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ९५ मत ल्याएका छन्।

मनोज भट्टराई (तारा) ले ४१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बुले मात्र २० मत प्राप्त गरेका छन्।

मातगणना अहिले धरान उपमहानगरपालिका वडा नम्बर १ बाट सुरु भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७