डेढ वर्षपछि नेपाली आकाशमा देखिँदै सौर्य एयरलाइन्स


२०८२ माघ २६ सोमबार १६:४८ बजे

काठमाडौँ : निजी क्षेत्रद्वारा सञ्चालित सौर्य एयरलाइन्सले डेढ वर्षपछि उडान अनुमति पाएको छ ।

२०७८ साउन ९ गते पोखरा उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि नेपाल उड्डयन प्राधिकरणले कम्पनीको एयरक्राफ्ट अपरेटर सर्टिफिकेट (एओसी) अनिश्चितकालका लागि निलम्बन गरेको थियो। सो दुर्घटनामा १९ जना यात्रुमध्ये १८ जनाको ज्यान गएको थियो । 

माघ ४ गते प्राधिकरणले सौर्य एयरलाइन्सको एओसी नवीकरण गर्दै अघिल्लो निलम्बन पनि फुकुवा गरेको छ। नवीकरणको अवधि सन् २०२७ सम्म रहने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । 

सौर्य एयरलाइन्सले चन्द्रगढी (भद्रपुर), विराटनगर, गौतमबुद्ध अन्तर्राष्ट्रिय (भैरहवा), पोखरा, नेपालगञ्ज र धनगढी विमानस्थलमा नियमित तथा वैकल्पिक उडान अनुमति पाएको छ।

कम्पनीका बजार प्रमुख मुकेश खनालका अनुसार, एउटा विमान काठमाडौँ बाहिर र दुई विमान त्रिभुवन विमानस्थलमै रहने गरी सञ्चालन अनुमति पाएको हो । ५० सिट क्षमताका सीआरजे–२०० सिरिजका तीन जहाजले उडान अनुमति पाएका छन् । 

खनालले भने, 'अहिले हामी काठमाडौं–भद्रपुर–विराटनगर उडान संचालन गर्दैछौं । नेपालगञ्ज र मानसरोवरमा पनि उडान योजना छ ।' कम्पनीले थप तीन नयाँ एटिआर–६०० जहाज खरीद गर्ने योजना बनाएको छ।

उडान अनुमति पाउन सुरक्षा अडिट, तालिम, दस्तावेज सुधार र डिजिटल प्रणाली सम्बन्धी आवश्यक काम पूरा भइसकेको प्राधिकरणले जनाएको छ । सौर्य एयरलाइन्सले फ्लाइट सेफ्टी अडिट (एसएमएस) मा ६५ प्रतिशत अंक प्राप्त गरेको छ । जुन सामान्यतया राम्रो मानिन्छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७