भारतीय नागरिक पेस्तोलसहित त्रिभुवन विमानस्थलबाट पक्राउ


२०८१ माघ १० बिहीबार २२:३३ बजे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौंबाट बंगलादेशको ढाका जाँदै गरेका भारतीय नागरिक ४४ वर्षीय मोहम्मद निजामुद्दिनलाई पेस्तोलसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

उनी आज अपरान्ह काठमाडौं हुँदै बंगलादेश जाँदै थिए । उनी हिमालयन एयरलाइन्सको उडानबाट बिहीबार दिउँसो बंगलादेश जाँदै दिए । उनीबाट बरामद हतियारको परीक्षण गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।  प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७