सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानबिन समिति बनाउने सरकारको तयारी


२०८२ भदौ ४ बुधबार १२:०२ बजे
फाइल फोटो

काठमाडौं । सरकारले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेको छ ।

आज (बुधबार) सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा सांसदहरूले राखेका धारणा र समितिको निर्देशनअनुसार न्यायिक छानबिन समिति बनाउनुपर्ने आवश्यकता देखिएको बताए ।

सौर्य एयरलाइन्सबारे छानबिन आयोगले सुरक्षा अनुसन्धानको मात्रै निष्कर्ष निकालेकाले न्यायिक निष्कर्ष निकाल्नु पर्ने जरुरी देखिएको उनको भनाइ छ । ‘मेरो बुझाइ के छ भने सेफ्टी इन्भेस्टिगेसन जुन भएको र न्यायिक विषयसँग सम्बन्धित केही कन्ट्राडिक्सन छ कि भन्ने जस्तो किसिमले हामी छलफलमा अघि बढेका छौँ’, उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७