त्रिभुवन विमानस्थलमा सरसफाइ कर्मचारी पक्राउ, फोहरबाट निकाल्दै थिए सुन
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइ गर्ने एक कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिएका ४० वर्षीय डिकबहादुर राउत रहेका छन् ।
उनले विमानस्थलको डस्टबिनमा रहेको फोहरबाट सुन निकालेर बाहिर लैजान लागेको अवस्थामा विमानस्थल प्रहरीले उनलाई पक्राउ गरेको हो । विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार फोहरको पोकोलाई स्क्रिनिङ गर्दा ४.४ ग्राम सुन फेला परेको थियो।
.gif)

.png)

