१६ हजार घुससहित वन अधिकृत पक्राउ

सामुदायिक वनको काम गराइदिने भन्दै घुस लिएको आरोप


२०८३ भदौ ४ बिहीबार २२:२५ बजे

काठमाडौँ : डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारीलाई अख्तियारले घुससहित नियन्त्रणमा लिएको छ । वन कार्यालयका सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी भुवन पौडेल घुस रकमसहित बिहीबार साँझ रङ्गेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले पौडेललाई १६ हजार २५० रुपैयाँ नगदसहित कार्यालयबाटै नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय पुगेको अख्तियारको टोलीले कार्यालयमै निगरानी बढाएको थियो।

पौडेलले एक सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गराइदिने भन्दै १६ हजार २५० रुपैयाँ रकम लिएको आरोप छ । उनलाई रकमसहित नियन्त्रणमा लिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले पुष्टि गरे । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७