शंखमूलको एक होस्टलमा कुटपिट हुँदा एक युवकको मृत्यु, एक पक्राउ
भ्याली ब्वाइज होस्टलमा तीन युवाबीच धारिलो हतियारसहित कुटाकुट
काठमाडौं : काठमाडौंको शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा घाइते भएका एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित उक्त होस्टलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको हो।
प्रहरीका अनुसार कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका थिए। गम्भीर घाइते कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ।
.gif)

.png)

