लोकसेवा परीक्षा दिने १२ नक्कली परीक्षार्थी पक्राउ


२०८२ माघ १८ आइतबार १९:१६ बजे

काठमाडौँ : लोकसेवा आयोग सुर्खेतले सञ्चालन गरेको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा १२ नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

शनिबार भएको परीक्षामा अर्काको नाममा परीक्षा दिने उद्देश्यले नागरिकता र प्रवेश पत्रमा फोटो र हस्ताक्षर परिवर्तन गरी किर्ते कागजात प्रयोग गरेको आरोपमा ती परीक्षार्थीलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, प्रारम्भिक अनुसन्धानबाट केही व्यक्तिहरू आर्थिक लाभको लागि नक्कली परीक्षार्थी बनेर परीक्षा दिन पुगेका थिए भने केहीले आफ्नो स्थानमा अर्कोलाई पठाएको र एकजना मतियारको पनि संलग्नता रहेको खुलासा भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार, पक्राउ परेका व्यक्तिहरू जाजरकोट, दैलेख, सुर्खेत र बाँकेका छन् । 

उनीहरूलाई हाल सम्बन्धित कार्यालयमा राखेर लिखत किर्ते र आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ । 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७