प्रधानमन्त्रीको नाममा चन्दा आतङ्क : कानुनी कारबाहीको चेतावनी


२०८२ असोज २७ सोमबार २०:१७ बजे

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाममा विभिन्न जिल्लामा चन्दा माग्ने वा संकलन गर्ने कार्य भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण जनाएको छ। 

सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री वा सो कार्यालयको तर्फबाट कुनै पनि परियोजना, कोष वा सामाजिक कार्यका लागि चन्दा संकलन गर्न अनुमति नदिइएको स्पष्ट पारेको छ । 

विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्रीज्यू तथा यस कार्यालयको तर्फबाट कुनै किसिमको चन्दा वा सहयोग सङ्कलन गर्न अनुमति नदिइएको र यस्ता भ्रामक कार्यमा विश्वास नगर्न, कसैले यस्ता कार्यको आग्रह गरेमा अस्वीकार गर्न अनुरोध छ।'

साथै, प्रधानमन्त्रीको नाममा आर्थिक सहयोग उठाउने वा यसलाई प्रोत्साहन गर्ने कुनै पनि गतिविधि भेटिएमा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ । यस्तो कार्यको बारेमा जानकारी पाएमा नजिकको स्थानीय प्रशासन वा प्रहरी कार्यालयलाई तुरुन्त सूचित गर्न आग्रह गरिएको छ।

नेपालबाहिर रहेका नेपालीहरूले पनि यस्ता अनधिकृत गतिविधि देखेमा सम्बन्धित देशस्थित नेपाली नियोग वा प्रधानमन्त्री कार्यालयलाई जानकारी दिन अनुरोध गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७