बेपत्ता दुई बालिकाको शव भेटियो


२०८२ असोज २१ मंगलबार १४:४० बजे

रौतहट : देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमबार बेपत्ता भएका दुई बालिकाको शव आज फेला परेको छ ।

सोमबार दिउँसो खेतको पानी बग्ने ठाउँमा नुहाउने क्रममा स्थानीय रामदयाल रामकी १२ वर्षीया छोरी आरती र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी बेपत्ता भएका थिए ।

बेपत्ता भएको खबर प्राप्त भएपछि त्यहाँको प्रहरी र आफन्तले निरन्तर खोजी कार्य गरिरहेका थिए । खोजी कार्यमा आरतीको शव बिहानै फेला पारेका थिए भने अन्तिमाको शव केही टाढा जलकुम्भीमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा डुबेर ज्यान गुमाउनेको संख्या ४ पुगेको छ भने २ युवकको चट्याङ्गका कारण ज्यान गएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७