गण्डकीको मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एकजना पक्राउ


२०८२ असोज २१ मंगलबार १४:०५ बजे

काठमाडौँ : गण्डकी प्रदेशको मुख्यमन्त्री निवासमा भएको आगजनी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार रुपन्देही घर भई हाल पोखरामा बसोबास गर्दै आएका २२ वर्षीय संजोक थापालाई पक्राउ गरिएको हो । 

गत भदौ २४ गते जेनजी समूहको आन्दोलनका क्रममा मुख्यमन्त्री निवासमा आगजनी भएको थियो । त्यसपछि असोज १२ गते पुनः दोस्रोपटक आगजनी भएको घटनामा थापा संलग्न रहेको प्रहरीको दाबी छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको काम भइरहेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७