हवाई जहाजमा काठमाडौंबाट धनगढी जान १७ हजार ५७९ रुपैयाँ लाग्ने, कहाँको भाडादर कति ?


२०८२ असोज १७ शुक्रबार १०:३५ बजे

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ।

चाडबाडका बेला हवाई टिकटको माग अत्यधिक हुँदा महँगोमा बिक्री गर्न सक्ने सम्भावनालाई ध्यान दिँदै भाडादर सार्वजनिक गरिएको हो ।

नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको भाडादरअनुसार सबैभन्दा धेरै हवाईभाडा काठमाडौँ–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम काठमाडौँ–सिमराको ३ हजार ९७८ रुपैयाँ तोकिएका छन्। 

सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ। 

हवाई भाडादर कहाँको कति ?

काठमाडौं–विराटनगर : ९ हजार ७८५ रुपैयाँ

काठमाडौं–भरतपुर : ४ हजार ६४३ रुपैयाँ

काठमाडौं–भद्रपुर : १२ हजार ११२ रुपैयाँ

काठमाडौं–जनकपुरमा : ५ हजार ४७० रुपैयाँ

काठमाडौं–पोखरा : ६ हजार ६३५ रुपैयाँ

काठमाडौं–नेपालगन्ज : १३ हजार १०३ रुपैयाँ

काठमाडौं–धनगढी : १७ हजार ५७९ रुपैयाँ

काठमाडौं–सिमरा : ३ हजार ९७८ रुपैयाँ

काठमाडौं–भैरहवा : ८ हजार ४६१ रुपैयाँ

काठमाडौँ–राजविराज : ८ हजार २१० रुपैयाँ

काठमाडौं–सुर्खेत : ९ हजार ३० रुपैयाँ

काठमाडौं–तुम्लिङटार : ७ हजार ६३० रुपैयाँ

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७